Techie IT
  • १३ कात्तिक २०८२, बुधबार
  • काठमाडौं
Khoj Mission News

उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी


काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । रोल…
आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । साथै, विपक्षीलाई छलफलमा झिकाउने आदेश पनि जारी भएको छ । अधिवक्ता ढकालले रिटमा कार्की र शर्मामाथि जाँचबुझको विषयवस्तुवारे सार्वजनिक धारणा र दृष्टिकोण सार्वजनिक गरेर पूर्वाग्रहीपन देखाएको आरोप लगाएका थिए । उनले अन्तरिम आदेशमार्फत पदाधिकारीहरूलाई काम गर्न रोक लगाउनुपर्ने माग गरेका थिए । जाँचबुझ आयोगका पदाधिकारीहरूले न्यायिक मन प्रयोग गर्नुपर्नेमा घटनाका बारेमा पहिले नै धारणा सार्वजनिक गरिसकेकाले उनीहरूबाट पूर्वाग्रहीरहित रुपमा काम हुन नसक्ने जिकिर रिट निवेदनमा गरिएको थियो ।

कार्कीले जेनजी आन्दोलनका बेला फेसबुकमा श्रृंखलाबद्ध स्टाटस लेखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरबाट भागे भन्ने हल्ला चलेको भन्दै उनले विमानस्थल र सिमानाहरू बन्द गरेर कसैलाई पनि भाग्न दिन नहुने लेखेका थिए । साथै उनले ‘राष्ट्रघाती अपराधी’को संज्ञा दिँदै उनीहरूलाई नमार्ने तर थुनामा राखेर अनुसन्धान गर्नुपर्ने लेखेका थिए ।

त्यसैगरी उनले फेसबुकमा लेखेका थिए– ‘पूर्वप्रधानमन्त्री केपी ओली शेरबहादुर देउवा पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य पूर्वमन्त्री, सांसद एवं पदाधिकारीहरू कसैलाई पनि विदेश जान र भाग्न दिनु हुँदैन । उनीहरूलाई थुनामा राखेर अनुसन्धान गरिनु पर्दछ । विमानस्थल बन्द गरिनु पर्दछ । निजी हेलिकप्टर चलाउन दिनु हुँदैन । भारतीय र चिनियाँ सिमाना बन्द गरिनु पर्दछ । कसैलाई पनि भाग्न नदिई थुनामा राखिनु पर्दछ । यी राष्ट्रघाती अपराधीहरू कसैलाई पनि मार्नु पनि हुँदैन । भ्रष्टाचार अकुत सम्पत्ति तथा कानुन उल्लंघनमा कारबाही गरिनु पर्दछ ।’


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode