Techie IT
  • २३ असोज २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने सरकारको निर्णय


काठमाडौ । सरकारले हालैको बिपद्मा घरबास गुमाएका परिवारहरुका लागि तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले तत्काल अस्थायी आवासको निर्माण गर्न स्थानीय तहको समन्वयमा लाभग्राही पहिचान गरि पठाउन निर्देशन दिने निर्णय गरेको हो । यसैगरि लाभग्राही पहिचान भएपश्चात अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड बमोजिमको अनुदानको रकमको पहिलो किस्ता तत्काल उपलव्ध गराउने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले जानकारी दिए ।

बैठकले तीनै तहका सरकारहरुले प्रदान गर्ने राहतलाई समन्वय गरि दोहोरो नपर्ने गरि स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय गरेको छ भने मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानून बमोजिम तत्काल राहत उपलव्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले मिलाउने निर्णय गरेको छ । यस्तै बैठकले विपद्पश्चात फैलन सक्ने महामारीको आंकलन गरी महामारीजन्य रोग फैलन नदिन खानेपानी मन्त्रालयले स्वच्छ खानेपानीको व्यवस्था र स्वास्थ्य मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरुमा जनचेतना, स्वास्थ्यशिविर, मनोसामाजिक परामर्श लगाएतका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको प्राधिकरणका कार्यकारी प्रमुख भट्टले जानकारी दिए ।

अविरल वर्षाका कारण बाढी पहिरोमा परेर ५२ जनाको मत्यु भएको छ । बाढी पहिरोमा परि ५ जना बेपत्ता छन् भने घाइते ४७ जनाको सरकारले निशुल्क उपचार गरिरहेको प्राधिकरणले जनाएको छ । बाढीपहिरोका कारण देशभरिका विभिन्न स्थानमा अवरुद्ध भएका सडकहरू तीनै तहको पहलमा तत्काल सञ्चालनमा ल्याइने निर्णय भएको छ । विभिन्न स्थानमा अवरुद्ध भएका सडकहरू यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था सम्बन्धित निकाय (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तह) ले मिलाउने निर्णय बैठकले गरेको हो । बाढीपहिरोबाट अवरुद्ध खानेपानी, विद्युत्, सञ्चार लगायतका अत्यावश्यक सेवाहरू सञ्चालन गर्न खानेपानी सेवा प्रदायक संस्था, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल विद्युत् प्राधिकरणले यथाशीघ्र गर्ने गरी सम्बन्धित मन्त्रालयले व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode