पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको राहदानी रोक्का, काठमाडौ छोड्न पनि अनुमति लिनुपर्ने

काठमाडौं । जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ । आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो ।
आयोगको आज बसेको बैठकले छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल उनीहरू अनुसन्धानको दायरामा रहेकोले निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्न भनेको छ । साथै कुनै पनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको हो ।
आयोगको सिफारिसलगत्तै सरकारले पूर्वप्रधानमन्त्री ओली सहित पाँचै जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया