Techie IT
  • ३० भदौ २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

सुशीला कार्की नेतृत्वको मन्त्रीपरिषदको पहिलो बैठकले गर्यो जेनजी लक्षित निर्णय, यस्ता छन् निर्णयहरु


काठमाडौं । सोमबार सम्पन्न सम्पन्न मन्त्रीपरिषदको बैठकले जेनजी आन्दोलनका क्रममा भएको घटनाको न्यायीक छानविन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको अन्तरिक सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा भएको ज्यादती र धनजनको क्षति लगाएतको छानविन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अघि बढ्ने सैद्धान्तिक निर्णय भएको उनले बताए ।

त्यस्तै बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ भने आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिए । त्यस्तै सबै शहिदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय वैठकले गरेको छ । बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएकालाई १० लाख र अन्य खर्च ५ लाख सहित १५ लाख रुपैया राहत दिने निर्णय गरेको मन्त्री अर्यालले बताए ।

बैठकले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय समेत गरेको छ । त्यस्तै अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गर्ने निर्णय गरिएको छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode