पछि हट्यो मेटा ! फेसबुक बन्द नहुने

काठमाडौं । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरले दिएको जानकारी अनुसार मेटाको सिंगापुरमा कार्यरत एकजना कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेका हुन् ।
उनले लगत्तै दर्ता तथा सूचीकरणका लागि चाहिने विवरणको इमेल मेटा कम्पनीलाई पठाइएको बताए ।
आजै सरकारले क्रमशः लागू हुनेगरी सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको थियो ।
उक्त निर्णय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएसँगै सेवा प्रदायकहरूलाई २६ वटा सञ्जाल बन्द गर्न पत्राचार भइसकेको छ ।
मेटाले दर्ता प्रक्रियामा चासो देखाएसँगै तत्कालका लागि फेसबुक बन्द भैहाल्ने सम्भावना न्यून बनेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया