चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन अर्थात मिलन गुरुङसहि पक्राउ परेका ४७ जनामध्ये १९ जनाविरुद्ध मुद्धा दायर भएको छ ।
गए राति मिलनको जन्मदिन मनाउने क्रममा प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । तिमध्ये १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो । उनीहरुलाई ७ दिन हिरासतमा राख्न काठमाडौका प्रमुख जिल्ला अधिकारीले अनुमति दिएका हुन् ।
पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरुको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । म्याद थप भएसँगै चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्कालाई हिरासतमा राखेर अनुसन्धान हुनेछ ।
त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही पनि हिरासतमा रहनेछन् ।
मध्यराति जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको थियो । पक्राउ परेका अन्य कोही होटलमा आएका ग्राहक समेत भएको पाइएको र कतिपय असंलग्न व्यक्ति भएको पाइएको प्रहरीको भनाइ छ । सोहीअनुसार ४७ जनामध्ये २८ जनालाई छोडिएको छ ।
राजधानी काठमाडौँमा गुण्डागर्दी मौलाएपछि सक्रिय बनेको प्रहरीले कुख्यात गुण्डा नाइके चक्रे मिलन र उनको समूहसहित केही नाइकेलाई पक्राउ गरेको हो । हत्या हिंशा, लागुऔषध र हप्ता असुलीजस्ता गम्भीर अपराधमा संलग्न भए पनि गुण्डा नाइकेहरुले सधैँ राजनीतिक आडमा उन्मुक्ति पाउँदै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया