संसद विघटन दबाबमा परेको गरेको थिइन : विद्यादेवी भण्डारी

काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो जिम्मेवारीका बारेमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् । मदन भण्डारी फाउन्डेशनमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले महाधिवेशन नभएसम्म केन्द्रीय कमिटी नै उपल्लो तहको नेतृत्व भएको बताउँदै आफ्ना बारेमा पनि त्यही कमिटीले निर्णय गर्ने बताएकी हुन् ।
एमालेमा आफू सक्रिय भइसकेको भन्दै भण्डारीले आफूलाई कुन जिम्मेवारी दिने भन्नेबारे सोही कमिटीको बैठकले तय गर्ने प्रष्ट पारेकी हुन् । उनले एमालेको विधान महाधिवेशनमा भाग लिने विषय सिन्द्धान्ततः दशौं महाधिवेशनका प्रतिनिधिले नै भाग लिने भएका पनि केन्द्रीय सदस्य र प्रतिनिधि नयाँ थपिएकाले पार्टीले यसबारे निर्णय गर्ने बताइन् ।
दशौं महाधिवेशनमा भाग नलिएका व्यक्ति पनि केन्द्रीय सदस्य र प्रतिनिधि मनोनीत भएको भन्दै मनोनयबाट आफू त्यसमा सहभागी हुन सक्ने तर्क पूर्व राष्ट्रपतिले गरेकी छन् ।
यसैबीच भण्डारीले आफ्नो कार्यकालमा भएको २ पटकका संसद विघटन दबाबमा नभएर संवैधानिक कानूनी व्यवस्थाअनुसार नै गरेको प्रष्ट पारेकी छन् । भण्डारीले २०१७ सालदेखि पटकपटक संसद विघटन भएको भन्दै आफू राष्ट्रपति भएका बेला पनि मन्त्रिपरिषदको सिफारिसमा संविधान बमोजिम भएको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले २०१७ साल, २०५१ साल, २०५९ सालमा पनि संसद विघटन भएको स्मरण गराउँदै विघटनको राजनीतिक पाटोका बारेमा आफू छलफल गर्न तयार रहेको बताइन् । संविधानले मन्त्रिपरिषदको सिफारिस कार्यन्वयन गर्ने दायित्व राष्ट्रपतिलाई भएको भन्दै आफू कसैको दबाबमा नपरेको प्रष्ट पारिन् ।
उनले थपिन्, ‘म राष्ट्रपति भएको बेलामा पनि दुईचोटि संसद विघटन भएको छ, त्यो आइरहन्छ, तर त्यसलाई मैले कुनै दबाब भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको हो, जे व्यवस्था छ त्यही गरेको हो ।’
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया