Techie IT
  • २१ असार २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

एनआरएनए पोर्चुगलको अध्यक्षमा जय केसीको उम्मेदवारी


गैरआवासीय नेपाल संघ (एनआरएनए) पोर्चुगलको अध्यक्षमा जय केसी सुजनले उम्मेदवारी घोषणा गरेका छन् । उनले एनआरएनए पोर्चुगलको (२०२५–२०२७) कार्यकालको लागि उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षका उम्मेदवार केसी विभिन्न सामाजिक कार्य एवं संघसंस्थाहरूमा आबद्ध भई वा वा स्वतन्त्र रूपमा पनि समुदायको सेवामा निरन्तर लागिरहने व्यक्तिका रूपमा परिचित छन् ।

पोर्चुगलस्थित नेपाली समुदायको समर्थनले आफूलाई सामाजिक परिवर्तनका लागि क्रियाशील रहन अझ बढी उत्साहित बनाएको उनी बताउँछन् ।

अध्यक्षका उम्मेदवार केसी भन्छन्, ‘आजसम्मको समुदाय विकासका अनुभव, सिकाइ र जनसेवामा समर्पित यात्रालाई आधार मानी, अब म आप्रवासी नेपालीहरूको हकहित र गैरआवासीय नेपाली संघ एनआरएनए पोर्चुगल सामूहिक, समावेशी र एकतामूलक विकास अभियानमा सक्रिय रूपमा समर्पित हुने निर्णय गरेको छु ।’

अध्यक्षका उम्मेदवार केसीले एनआएरएनको सदस्यता लिएर निर्वाचनमा सक्रिय सहभागी भई आफूले अमूल्य समर्थन पाउने उनको विश्वास छ ।

पछिल्ला केही वर्षदेखि म समुदायमा समर्पित भई, आफूले सक्दो समय, क्षमता र सीप अनुसार सामाजिक कार्यहरूमा संलग्न रहँदै , विभिन्न सामाजिक कार्यहरूमा, संघ–संस्थाहरूमा आबद्ध भएर वा स्वतन्त्र रूपमा पनि, समुदायको सेवामा निरन्तर लागिरहेने नाम हो जय के सी (सुजन)

उनले गरेका कार्यहरूमा पोर्तुगलमा रहेका व्यक्ति, विभिन्न समाजहरु बाट पनि निरन्तर सद्भाव, समर्थन र साथ प्राप्त हुँदै आएको छ, जसप्रति उनी हृदयदेखि आभार प्रकट गर्न चाहन्छन् । यस्तै समर्थनले उनलाई सामाजिक परिवर्तनका लागि क्रियाशील रहन अझ बढी उत्साहित बनाएको छ ।

“आजसम्मको समुदाय विकासका अनुभव, सिकाइ र जनसेवामा समर्पित यात्रालाई आधार मानी, अब म आप्रवासी नेपालीहरूको हकहित र गैरआवासीय नेपाली संघ पोर्तुगल सामूहिक, समावेशी र एकतामूलक विकास अभियानमा सक्रिय रूपमा समर्पित हुने निर्णय गरेको छु ।” केसीको भनाइ छ ।
सबै मिलेर एनआरएनए पोर्तुगललाई अझ सक्षम, उत्तरदायी र सबैका आवाजलाई प्रतिनिधित्व गर्ने संस्थाको रूपमा स्थापित गर्न सक्नेछौँ भन्ने उनलाई दृढ विश्वास पनि छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode