Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

नेविसंघको नेतृत्वमाथि प्रश्नै प्रश्न, अध्यक्ष शेर्पालाई हटाउन माग


काठमाण्डौ । नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले १२ औं महाविधेशनको सुनिश्चितता गर्नुपर्ने भन्दै नेताहरुको ध्यानाकर्षण गराएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिमा सहभागी हुन पुगेका कांग्रेस नेताहरुलाई नेविसंघका असन्तुष्ट विद्यार्थीहरुले १२ औं महाविधेशनको सुनिश्चितता गर्न ध्यानाकर्षण गराएका हुन् ।

म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत संघर्ष समितिले पार्टी कार्यालयमा रिले अनशन गरिरहेका छन् । उनीहरुले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठि खारेज हुनुपर्ने, १२ औ महाविधेशनको सुनिश्चित गरिनुपर्ने भन्दै नारावाजी गरेका थिए भने कांग्रेस नेताहरुले असन्तुष्ट पक्षको मागलाई गम्भीर रुपमा लिएको बताएका थिए ।

यसअघि अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका थिए । म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत संघर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेका हुन् ।

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ । उनीहरुले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठि खारेज हुनुपर्ने, १२ आं महाविधेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन् ।

यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले एक बर्षअघि दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका थिए भने स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो । तोकिएको समयअवधि भित्रपनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode