Techie IT
  • २६ जेठ २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

पूर्वाग्रह राखेर मुद्दा हालियो, मैले अनुचित काम गरेको छैन : माधव नेपाल


काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पतञ्जली जग्गा प्रकरणमा आफुले कुनै अनुचित काम नगरेको बताएका छन् । शनिबार काठमाडौंमा पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको भन्दै आफुले कुनै अनुचित काम नगरेको बताएका छन् । नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेको र त्यसलाई देखेर कतिपय व्यक्तिहरु आत्तिएको उनको भनाइ छ । अध्यक्ष नेपालले केहि व्यक्तिहरुलाई बदलाको भावनाले पोलिरहेको भन्दै त्यसको कारण आफुमाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको जिकिर गरे ।

उनले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको उल्लेख गरे । देश र जनतालाई नोक्सान हुने केही काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिने उनको भनाइ छ । पतञ्जली जग्गा प्रकरणमा आफुमाथि लगाएको गलत आरोप बिरुद्ध दृढतासाथ उभिने भन्दै अध्यक्ष नेपालले न्यायपालीकाले आफुलाई न्याय दिने विश्वास व्यक्त गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालविरुद्धको केहीबेरअघि दर्ता भएको अख्तियारले जनाएको छ । नेपालको इतिहासमा पहिलोपटक प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode