आशिष खड्काको नेतृत्वमा रात्रीकालिन मनोरञ्जन व्यवसायी संघमा नयाँ कार्यसमिति

काठमान्डौ । रात्रीकालिन मनोरञ्जन व्यवसायी संघको तेस्रो अधिबेशनबाट आशिष खड्काको नेतृत्वमा सर्ब सम्मतिले नयाँ कार्यसमिति गठन गरेको छ । खड्का तेस्रो कार्यकालका लागि सर्व सहमत चयन भएका हुन ।
लामो समय देखि रात्रीकालीन ब्यवसायमा आवद्ध भएका खड्काले कोटेश्वर,बानेश्वर र जडीबुटी क्षेत्रका ब्यवसायीहरुलाई एकजुट बनाई लैजाने प्रयत्न गरिरहेका छन । ब्यवसाय, ब्यवसायी र कर्मचारीहरुको हकहितका पक्षमा निरन्तर लागिरहेका उनले रात्रीकालिन ब्यवसायमा देखिएका चुनौती र संमस्या सगँ सगै यो ब्यवसायलाई हेर्ने दृष्ठिकोण माथी परिवर्ततन हुनुपर्न आवज उठाउदै आएका छन ।
सरकार र प्रशासन बाट ब्यवसाय र ब्यवसायी माथी भईरहेको बारम्बारको धरपकट अन्त्य गर्न र सबै ब्यवसायीहरुको आवाज लाई निरन्तर सरकार समक्ष पुराई सम्बोधनका लागि आफु निरन्तर लागीरहेको उनले खोजमिसन न्युज लाई जानकारी दिए ।
ब्यवसाय सन्चालनका लागि समय थप,ब्यवसायी,कलाकारको सुरक्षा साथै ब्यवसायी र कलाकारहरुको संमस्यामा आफनो दोस्रो कार्यकाल सफल भएको बताउदै उनले तेस्रो कार्यकालमा यी विषयहरुलाई थप सशक्त रुपमाँ अघि बढाउने उनको भनाई थियो । उनको तेस्रो कार्यकालमा थप नयाँ जुभारु टिम आएको र यो टिमले सशक्त रुपँमा काम गर्न विश्वास लिएको कार्यसमितिका महासचिव राज ढकालले जानकारी दिए ।
यस्तो छ नयाँ कार्यसमिति :
अध्यक्ष : आशिष खड्का
बरिष्ठ उपाध्यक्ष : राम ब. मगर ( रामथापा शिशिर)
उपाध्यक्ष : प्रम कृष्ण श्रेष्ठ
महासचिब : राज ढकाल
सचिव : पुरुषोत्तम गिरी
कोषाध्यक्ष : मैयाँ थापा मगर
सदस्यहरु :
रञ्जु गुरुङ
किरण श्रेष्ठ
सोनी महर्जन
डम्बर थापा मगर
लक्ष्मीलाल श्रेष्ठ
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया