Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

एनआरएनएको महाधिवेशन सफल बनाउन उच्चस्तरीय समितिको अपिल


काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन आगामी मे ३ देखि ५ (वैशाख २० देखि २२) सम्म काठमाडौमा हुँदैछ ।

शेष घले नेतृत्वको उच्चस्तरीय समितिले महाधिवेशन पूर्वनिर्धारित समयमा नै सम्पन्न गर्नका लागि तयारी तीब्र बनाएको छ । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले शेष घले नेतृत्वको उच्चस्तरीय समितिको पत्रसँगै समितिले महाधिवेशन गर्न लागेको हो ।

आज एक विज्ञप्ति जारी गर्दै घलेले अहिले गैर आवासीय नेपाली संघ एक गम्भीर मोडमा आइपुगेको उल्लेख गर्दै एकताको महाधिवेशन सफल बनाउन अपिल गरेका छन् ।

विज्ञप्तिमा लेखिएको छ–“डेलिगेट्स बन्न संसार भरिका ३,२०० साथीहरुले आवेदन दिइ सक्नु भएको छ । छुट्टी मिलाएर, महँगो टिकट काटेर कतिपय साथीहरु नेपाल आइसक्नु भएको छ वा आउने क्रममा हुनुहुन्छ । निर्वाचन कार्यतालिका पनि प्रकाशित भइसकेको छ । यस्तो अवस्थामा महाधिवेशन रोक्न खोज्नु वा कुनै पनि किसिमको भ्रम छर्न खोज्नु उपयुक्त होइन ।”

सम्मानित सर्वोच्च अदालतको परमादेश, एनआरएनएको विधानको मर्म र उच्चस्तरीय समितिद्वारा पारित कार्यविधिको आधारमा हामीले एकताको महाधिवेशन आयोजना गर्न गइरहेको घलेले उल्लेख गरेका छन् । वैधानिकताबारे प्रश्न गर्न आवश्यक नरहेको भन्दै घलले भनेका छन्–“हाम्रा बैठकहरुमा नेपाल सरकारका प्रतिनिधिहरु पनि सहभागी भै रहनु भएको छ । त्यसैले वैधानिकताको बारेमा कुनै शंका छैन । गैर आवासीय नेपाली नागरिकता, लगानी प्रवद्र्धनजस्ता मुद्दाहरुमा नेपाल सरकारसंग दह्रो वार्ता गर्न पनि हामी फुटेर हैन जुटेर अगाडी बढ्नु पर्ने अवस्था छ ।”

विगतमा कसले के ग–यो त्यो कुरा अहिले कोट्याउन नहुने भन्दै एनआरएनएका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, र उच्चस्तरीय समितिका सबै १३ जना एक ठाउँमा बसेर छलफल गरी निकास निकाल्नुपर्ने घलेको भनाइ छ ।

शेष घलेको विज्ञप्ति :


एनआरएनएको २०७८ मा भएको दसौं महाधिवेशनलाई २०८० चैत २१ गते खारेज गरेर पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठन भएको उच्चस्तरीय समितिलाई ६ महिनाभित्र महाधिवेशन गराउन सर्वोच्च अदालतले आदेश दिएको थियो ।

त्यस्तै, २०८१ साउनमा सर्वोच्च अदालतले दसौं अधिवेशनको विवादले ११ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई असर नगर्ने भनेर अर्को फैसलासमेत गरेको छ ।

यही वैशाख २० देखि २२ गते सम्म (मे ३–५, २०२५) मा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनको क्रममा नयाँ कार्य समितिको निर्वाचन गराउन गठित निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । वैशाख १२ गते मतदाता प्रथम नामावली प्रकाशन गर्ने, वैशाख १५ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र वैशाख २० गते उम्मेदवारको मनोनयन गर्ने मिति तोकेको छ । यसै गरी आइतबार, वैशाख २१ गते ( ४ मे २०२५) मा काठमाडौँमा बिहान ८ बजेदेखि अपराह्न ४ बजे सम्म मतदान हुने र मतगणना समाप्त भए पश्चात् निर्वाचनको परिणाम घोषणा गरिने पनि निर्वाचन कार्यक्रममा उल्लेख छ ।

निर्वाचन समितिले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को २०२५–२७ कार्यकालको लागि अध्यक्ष १, उपाध्यक्ष खुल्ला ६, उपाध्यक्ष (महिला) १, महासचिव १ सहित ३६ जना पदाधिकारीहरू चयन गर्न निर्वाचन गराइने जनाएको छ। उच्चस्तरीय समितिद्वारा प्रमाणीकरण भएका प्रतिनिधि (डेलिगेट) ले तोकिएको मनोनयन दस्तुर बुझाएर उम्मेदवारी मनोनयन गर्नु पर्नेछ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode