Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

मुलुकको समृद्धिका लागि बीआरआई कार्यान्वयन अनिवार्य


काठमाडौं । आर्थिक एवम विदेश मामिला विज्ञहरुले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन । काठमाडौंमा आज भएको अन्तक्रियामा बोल्दै कांग्रेस नेता डाक्टर गोविन्दराज पोखरेल, विदेश मामिला विज्ञ अरुण सुवेदी, राप्रपा नेता शोभित उप्रेती र परराष्ट्रविद् हिरण्डयलाल श्रेष्ठले सम्झौता कार्यान्वयनमार्फत नेपालको विकासमा टेवा पु¥याउन आग्रह गरेका हुन ।

कुनैपनि देशसँगको सम्बन्ध र सम्झौता अन्य देशविरुद्धको परियोजनाकोरुपमा बुझन नहुने भन्दै उनीहरुले सुरुङ मार्ग, सडक तथा जलविद्युतका क्षेत्रमा सम्झौता उपयोगी हुने विश्वास व्यक्त गरे । सरकारले हिजो मात्रै परराष्ट्र मन्त्रालयमार्फत सम्झौताको पूर्ण विवरण सार्वजनिक गरेको थियो । बीआरआई ऋण कि अनुदान भन्ने बहस भैरहेकाबेला सम्झौताको पूर्णपाठपछि थप व्याख्या हुन थालेका छन ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode