Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो, सिरिजमा कब्जा


ललितपुर । अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालले एक खेल अगावै उपाधि जितेको छ। खेल बराबरीमा सकिएपछि नेपालले सुपरओभरमा जित निकाल्दै लगाता दुई खेल जितेर उपाधि चुमेको हो।

३ रनको लक्ष्य पाएको नेपालले तीन रन बनाउँदै जित निकाल्यो। सुपर ओभरमा नेपालका लागि कप्तान रोहित कुमार पौडेलले दुई तथा कुशल भुर्तेलले एक रन बनाए। नेपालको जितका लागि सोमपाल कामीले सुपर ओभरमा दुई विकेट निकाले। त्यसअघि नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएको थियो।

अमेरिकाका लागि एन्ड्रिज घोसले सर्वाधिक ६२ रन बनाउँदा साइतेजा मुक्कमल्लाले ४७ रन बनाए। यस्तै मिलिन्द कुमारले १५ र सयान जहांगिरले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि करण केसीले ३ विकेट लिँदा सोमपाल कामीले २, सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो। नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे। ५४ बलको सामना गरेका उनले ९२ रन बनाए। त्यसक्रममा भुर्तेलले सात चौका र ६ छक्का प्रहार गरे। यस्तै ओपनर अनिल साहले ३१ बलको सामना गर्दै चार चौका र एक छक्काको सहयोगमा २५ रन जोड्दा कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए।

मात्र १२ बलको सामना गरेका गुलशन झाले १९ तथा करण केसीले ६ रन बनाए। ओपनर आशिफ शेख १ रनमा एलबीडब्लु धरापमा परे भने दीपेन्द्र सिंह ऐरी २ रनमा क्याच आउट भए। र आरिफ शेख एक रनमा रनआउट भए। यता अमेरिकाका लागि नोस्तुज केन्जी र जसदीप सिंहले दुईरदुई विकेट लिँदा सौरभ नेत्रभालकरले एक विकेट लिए। खराब सुरुवात गरेको नेपालले तेस्रो नम्बरमा कुशल भुर्तेल क्रिजमा आएपछि आक्रामक अग्रता लिएको थियो।


क्याटेगोरी : खेलकुद, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode