Techie IT
  • २० वैशाख २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

उपसभामुख हटाउने तयारीको प्रतिकार गर्ने रास्वपाको चेतावनी


काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगर हटाउने सत्तारुढ दलहरुको तयारीको प्रतिकार गर्ने चेतावनी दिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरेर उपसभामुख हटाउने कार्यको प्रतिकार गर्ने बताएको हो ।

उपसभामुख रानामगरले नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्रको स्पष्टीकरण दिइसकेको भन्दै कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले त्यही विषय उठाएर हटाउन खोज्नु बेठीक भएको बताए । संवैधानिक परिषद्मा आफ्नो बहुमत पुराउन उपसभामुखलाई हटाउने षडयन्त्र भइरहेको बताए । पुरानो मितिमा लेखिएको पत्रका आधारमा अहिले विरोध जनाउने कुरा उचित नभएकाले रास्वपाले यसको बिरोध गर्ने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने काठमाडौंमा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगको जनाएको छ । पत्रकार सम्मेलनमा रास्वपाले राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि हुने र भेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । राष्ट्रिय भेलामा राजनीतिक, सांगठानिक प्रतिवेदन पेश गरिने र सवै प्रदेशका सभापतिहरुले पनि आ–आफ्नो प्रतिवेदन समेत प्रस्तुत गर्ने रास्वपाले जनाएको छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode