Techie IT
  • २४ वैशाख २०८२, बुधबार
  • काठमाडौं
Khoj Mission News

यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित हात, हङकङ पराजित


युनाइटेड अरब इमिरेट्समा जारी आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । आफ्नो तेस्रो खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो । मलेक क्रिकेट ग्राउन्डमा १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभर १ बलमा १ विकेट गुमाएर पूरा ग¥यो ।

नेपाललाई जित दिलाउन आकाश त्रिपाठीले ६४ रन तथा उत्तम थापा मगरले ३९ रनको योगदान गरे । अर्जुन कुमालले १६ रन बनाए । हङकङका लागि ड्यानियल मोर्गानले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा सबै विकेट गुमाउँदै रन जोड्यो । हङकङका लागि पार्थ भागवतले ३६ रनको योगदान गरे । मोहमद अलियान जाहिरले २९ रन बनाए । नेपालका लागि हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवाश भण्डारीले २–२ विकेट विकेट हात पारे । दिपेश कंडेलले १ विकेट लिए । लगातार तेस्रो जितसँगै नेपालको विश्वकप यात्रा मजबुत बनाएको छ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले मंगलबार मलेसिया र मार्च २ मा युएईसँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगिता शीर्ष टोली आगमी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल र युएई प्रतियोगिता प्रमुख दाबेदार टोली हुन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode