भारतद्धारा नेपाललाई २ सय २० थान मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण

काठमाण्डौ । भारत सरकारले नेपाललाई २ सय २० थान मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण गरेको छ । भारतीय राजदूत नविन श्रीवास्तवले मिर्गौला डायलाइसिस मेसिन नेपाललाई हस्तान्तरण गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको कार्यक्रममा भारतीय राजदूत श्रीवास्तले मेसिन हस्तान्तरण गरेका हुन् । राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताए । उनले उपलब्ध डायइलासिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गरे ।
स्वास्थ्य मन्त्री पदम गिरीले भारत सरकारबाट उपलब्ध भएको सहयोगप्रति आभार प्रकट गरे । भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाँउमा पु¥याउँने र यसले बिरामीलाई सहज उपचारमा सहयोग पुग्ने बताए ।
दूतावासले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको छ । बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ । उपलब्ध उपकरणलाई आवश्यकताअनुसार विभिन्न अस्पतालमा वितरण गरिने मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया