Techie IT
  • २० वैशाख २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई गृहमन्त्री लामिछानेको चुनौती


ललितपुर । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफू काम गर्न आएको भन्दै काम गरेर देखाउने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजीनामा मागिरहेको बेलामा गृहमन्त्री लामिछानेले राजीनामा नभएर काम गर्ने जवाफ दिए । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसलाई चार वर्ष संसद अवरुद्ध गर्न पनि चुनौती दिए । गृहमन्त्री लामिछानेले संसद अवरोध गर्ने र संसदीय समितिको माग गर्ने कुरा कांग्रेसको अधिकारको कुरा भएको स्पष्ट पारे । मन्त्री लामिछानेले भने,‘माग गर्ने कुरा एउटा छ, अब कुन ढंगले जान्छ हेर्दै जाउँ । म राजीनामा होइन काम गर्छु ।’ उनले कांग्रेसल दूधले नुहाएको पार्टी नभएको पनि टिप्पणी गरे ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode