Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनीत


ललितपुर। ।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । मंगलबारदेखि मधेश प्रदेश अन्तर्गत महोत्तरीको जलेश्वरमा जारी पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।

रास्वपाले संसदीय दलका उपनेता, विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा। तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा। स्वर्णिम वाग्ले, डा। चन्दा कार्की ९भण्डारी०, असिम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायतलाई केन्द्रीय समितिमा मनोनीत गरेको हो ।

१४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै केन्द्रीय समिति सदस्यको कुल सङ्ख्या ५२ सदस्यीय बनेको हो। हाल रास्वपामा २० सांसद {उपसभामुख इन्दिरा राना बाहेक} मध्ये सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल र सांसदहरु सोविता गौतम, गणेश पराजुली, सुमना श्रेष्ठ र विन्दाकासिनी कंसाकार गरी ६ जनामात्र केन्द्रीय समितिमा रहेका थिए


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode