८ वर्ष पुरानो फोटो देखाएर दोषी बनाउन खोजेको भन्दै वर्षमान पुनको आपत्ती
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सुन तस्करी प्रकरणमा आफु दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको तस्वीरलाई लिएर अहिले आफ्नो नाम मुछ्नु आपत्तीजनक रहेको भन्दै सुन तस्करी प्रकरणमा आफु दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पारेका हुन् ।
‘कुन निकायले छानबिन गर्नुपर्ने हो ममाथि छानबिन गरोस्, म त्यो छानबिनका लागि तयार छु’ उनले भने, ‘म दोषी ठहरिए के सजाय भोग्नुपर्ने हो त्यसको लागि तयार छु ।’
उनले सुन प्रकरणमा आफ्नो सहभागी भएजस्तो गरि प्रचार गरिएको भन्दै राज्यको जुनसुकै निकायले गर्ने छानविनका लागि आफु तयार रहेको बताए । सुन प्रकरण लगाएत कुनै पनि प्रकरणमा दोषी देखि माओवादी वा अन्य कोहि व्यक्तिलाई छोड्न नहुने उनले बताए ।
पदाधिकारी बैठकमा पनि आफुले छानविन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको र प्रधानमन्त्रीले पनि निष्पक्ष ढंगले छानविन गर्ने प्रतिवद्धता जनाएको पुनको भनाई छ । पुनले संसदीय समिति, न्यायीक समिति वा स्वतन्त्र छानविन समिति बनाउन माओवादी केन्द्र र प्रधानमन्त्री तयार रहेको स्पष्ट पारेका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार








प्रतिक्रिया