Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

सन्दीपमाथिको छानबिन अझै सकिएन, २ दिन म्याद थप


काठमाण्डौ । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप २ दिन अनुमतिका लागि समय थपेको हो । सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको आग्रहमा थप दुई दिनको म्याद थपिएको बताए । उनले प्रहरीको अनुसन्धान प्रक्रिया सुस्त भएको आफूहरुको बुझाइ रहेको पनि बताए ।

घिमिरेले सन्दीपको स्वास्थ्यअवस्था राम्रो रहेको जानकारी दिए । १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । त्यसपछि उनलाई म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

 


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode