माओवादीको व्यवहारले मर्माहित भएको माधब नेपालको गुनासो, गठबन्धन टुट्ने चेतावनी

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीको व्यवहारले मर्माहित भएको बताएका छन् । सुर्खेतमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएको बताउँदै आफू मर्माहत भएको बताएका हुन् । गठबन्धन टिक्छ भन्ने दृढ विश्वास भएपनि माओवादीको व्यवहारले शंका उत्पन्न भएको उनको भनाइ छ ।
खासगरी कर्णालीमा आफ्नो पार्टीलाई माओवादीले पूरै बेवास्ता गरेको उनको गुनासो छ । कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने चेतावनी उनले दिए । माओवादीले जसरी आफूहरुलाई बेवास्ता गरेर सरकारमा एकलौटी गरेको छ त्यो स्वीकार्य नभएको उनको भनाइ छ । माओवादी व्यवहारको आलोचना मात्र नभई निन्दा गर्न मन लाग्ने उनले बताए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया