Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

ओलीको दाबी:यो सरकार रहे मुलुक टाट पल्टिन्छ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहिरहने हो भने देश टाट पल्टिने दाबी गरेका छन । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत रहेको औँल्याए।

मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराए । पूर्ण रुपमा अर्थतन्त्र ओरालो लाग्यो ,असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन ।  अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, आरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरि मुस्किल हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ ओलीको भनाई थियो । यस्तै ओलीले अर्थतन्त्र संकटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने समपूरक बजेट ५० प्रतिशत कटौती गरेको पनि बताए।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode