सशस्त्रले अबदेखि सादा पोषाकमा प्रहरी परिचालन नगर्ने
काठमाण्डौ । सशस्त्र प्रहरी बलले सादा पोसाकमा प्रहरी परिचालन नगर्न मातहतका कार्यालयहरूलाई परिपत्र गरेको छ । सशस्त्र प्रहरीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सादा पोसाकमा प्रहरी परिचालन गर्दा विभिन्न समस्याहरू देखिएकाले सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिएको जनाएको हो । कुनै पनि अपरेसन गर्नु परेको खण्डमा भने स्वीकृति लिएर मात्र सादा पोसाकमा प्रहरी परिचालन गर्न सकिने सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलका प्रमुख महानिरीक्षक राजु अर्यालले सादा पोसाकका प्रहरीका विषयमा विभिन्न गुनासोहरू आएकाले अहिलेलाई सादा पोसाकका प्रहरी परिचालन नगर्न भनिएको जानकारी दिए ।
सशस्त्र प्रहरीले प्रति आतंकवाद इकाई गठन गरेर काम सुरु गरेको छ । त्यसैगरी सशस्त्र प्रहरी कर्मचारीहरुलाई कुटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटलाई व्यवस्थीत गर्न आचरण सम्बन्धी स्थायी आदेश नै जारी गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया