क्रिकेटका क्रेजी फ्यान

ललितपुर । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा पनि नेपाली दर्शकको लोभलाग्दो क्रिकेट क्रेज देखिएको छ । वर्षाको पूर्वानुमानका बाबजुद पनि मैदानमा हजारौँ नेपाली दर्शक आफ्नो टिमलाई हौसला दिन त्रिवि खेलमैदान पुगेका छन् ।
पानी परेर बारम्बार खेल रोकिँदा पनि उनीहरूले मैदान छाडेका छैनन् । छाता ओढेर बसेका हजारौँ दर्शकको दृष्यले नेपालीमाझ क्रिकेटको क्रेज कति छ भन्ने दर्शाएको छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया