सरकार र महावीर पुनबीचको वार्ता सकारात्मक
काठमाण्डौ । बिभिन्न माग राख्दै धर्नासहितको आन्दोलन सुरु गरेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनको माग पुरा गर्न सरकार सकारात्मक देखिएको छ । आइतबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागीसंगको वार्ता सरकारात्मक भएको पुनले जानकारी दिए । चार बुँदे मागका बिषयमा छलफल गर्न सरकारले वार्ता टोली गठन गर्ने र छिटो भन्दा छिटो माग पुरा गर्ने सहमति भएको पुनले बताए ।
सरकारले पुरा गर्न सक्ने माग मात्रै आफुले राखेको भन्दै चार वटा मागका बारेमा सरकारी टोलीलाई जानकारी गराएको उनले बताए । उनले आफ्ना मागबाट पछि नहट्ने स्पष्ट पारे ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे मागसहित माइतीघरमा पुनको धर्ना तेस्रो दिन पनि जारी छ । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन् । पुनले अनुसन्धान, आविष्कार नवप्रवद्र्धनलाई सरकारले प्राथकितामा राख्न माग गरेका छन् ।
अनुसन्धानका लागि काम गर्न खोज्दा राज्यले नै सहयोग नगरेको उनको गुनासो छ । महावीरसँगै धर्नामा राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका छन् । तस्रो दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीलगायतले पुनको धर्नामा ऐक्यवद्धता जनाएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया