Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

सिक्रि लुट्नका लागि निराको हत्या गर्ने विनोद पक्राउ, यस्तो छ घटनाको विवरण


काठमाण्डौ । काठमाण्डौको कपनस्थित सरस्वतिनगरमा निरा आचार्यको हत्या आरोपमा प्रहरीले १० दिनपछि एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा धुलाबारीका विनोद विकलाई पक्राउ गरेको हो । निराको हत्या गरेको पाँच दिनपछि उनी झापा पुगेको खुलेको थियो । पक्राउ परेका विक विगतमा झापा र ठमेलका विभिन्न क्लबमा बाउन्सरको काम गर्ने गरेको खुलेको छ ।

विकले सुनको सिक्री लुट्न खोज्दा आचार्यले प्रतिकार गरेपछि हत्या गरेको खुलेको छ । हत्या गर्ने क्रममा विकले आचार्यको पसलमै भएको चक्कु प्रयोग गरेका थिए । विकले हत्या गरेको चक्कु भने खोलामा फालेको बयान प्रहरीलाई दिएका छन् । प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा हत्यारा पत्ता लगाउन सफल भएको जानकारी दिएको छ ।

 उनी लोकन्थली बस्ने गरेको खुलेको छ । प्रहरीका अनुसार घटना ७ वैशाख दिउँसो पौने ३ बजे भएको देखिएको छ । प्रहरीसँगको बयानमा उनले हत्या स्वीकार गरेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विकले लुट्ने उद्देश्यले नै निराको हत्या गरेको खुलेको छ । पक्राउ परेका विनोद बिकको कोठाबाट प्रहरीले रगत लागेको सर्ट र एउटा झोला बरामद गरेको छ ।

आचार्यको हत्यामा विक एक्लै जिम्मेवार रहेको प्रहरीले जनाएको छ । घटनाको दिन उनी लोकन्थलीबाट सात बजे बस चढेर केएल टावर पुगेको र त्यहाँबाट निरु पाण्डेको पसलमा पुगेको सीआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार सुरुमा पसलमा गएर उनले भाँडाको मोलमोलाइ गरेका थिए । केही भाँडाहरु रोजिसकेपछि पैसा निकाल्ने बहानामा पसलबाट निस्किएको उनले जानकारी दिए ।

‘पसलबाट निस्किएएर १०÷१५ मिनेटपछि दिउँसो २ः४४ मा फेरि फर्केर आक्रमण भएको देखिएको छ’, उनले भने । विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेका थिए । उनले कुनै हतियार लगेका थिएनन् । हत्यापछि उनी त्यहाँबाट निस्किएर टेम्पु चढेर भागेको प्रहरीले जनाएको छ ।

आरोपी विनोद विकबारे प्रहरीले सार्वजनिक गरेको विवरण
आरोपी विनोद विकबारे प्रहरीले सार्वजनिक गरेको विवरण

आचार्यका अनुसार विकले निरुले लगाएको सिक्रीका साथै पसलको ड्रयरबाट ११÷१२ सय रुपैयाँ लुटेका छन् । बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode