Techie IT
  • २५ कात्तिक २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

घर–जग्गा कारोबारमा मन्दी आउँदा पनि ललितपुरका यी ठाउँ बने ‘हटस्पट’


घरजग्गा कारोबारीका लागि २०७९ सुखद हुन सकेन । तरलता अभाव , चर्का ब्याजदर र कित्ताकाटमा कडाई लगायतका कारण्ले घरजग्गा कारोवार नै प्रभावती बन्यो । यसको प्रभाव निमार्ण साम्रगी उत्पादन गर्ने उद्योगहरुमा समेत पर्न गयो । २०७८ मा देशभर ६ लाख ९१ हजार २२७ घरजग्गा कारोबार भएकोमा २०७९ मा ४ लाख ६७ हजार ६४८ मात्रै कारोबार भयो । जुन गत वर्षको तुलनामा ३४ प्रतिशतले कमी हो ।

यसरी कित्ताकाटमा कडाई, बैंकिङ प्रणालीमा तरलताको अभाव, महँगो ब्याजदरलगायत कारणले घर–जग्गा कारोबार प्रभावित भइरहेका बेला ललितपुरका केही ठाउँ भने जग्गा कारोवारको ‘हटस्पट’ बनेका छन ।

पछिल्ला केही वर्षयता उपत्यकाका भित्री शहरमा भन्दा काँठ क्षेत्रमा घरजग्गा किनबेच बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । घरजग्गा कारोबारीहरु रिङरोडबाहिर केन्द्रित देखिन्छन् विभागको तथ्यांकअनुसार उपत्यकामा ललितपुर, भक्तपुर, कलंकी र साँखु मालपोत कार्यालयबाट सबैभन्दा बढी घरजग्गा किनबेच भएको देखिन्छ ।

एक वर्षमा लगनखेल मालपोतबाट १२ हजार ३४५, भक्तपुर मालपोतबाट ११ हजार ७८८, कलंकी मालपोतबाट ९ हजार ९२, साँखु मालपोतबाट ६ हजार ७६४ घरजग्गा किनबेच भएका छन् । २०७९ मा देशभरका १२६ मालपोतबाट ४ लाख ६७ हजार ६४८ वटा लिखत पारित हुँदा काठमाडौँ उपत्यकामा रहेका ३ जिल्लाका मालपोतबाट मात्रै ५२ हजार २८३ घर–जग्गा किनबेच भएका छन् ।

काठमाडौँमा ६, ललितपुरमा २ र भक्तपुुरमा १ मालपोत कार्यालय छन् । यी मालपोत कर्यालयहरुबाट भएको घर–जग्गा किनबेचको तथ्यांक हेर्ने हो भने ‘काँठ क्षेत्र’मा बढी किनबेच भएको देखिन्छ ।

ललितपुरका यी क्षेत्र बने जग्गाको ‘हटस्पट’

ललितपुरको गोदावरी , हरिसिद्धी , ठैब , ठेँचो , भरुवारासी , गोदामचौर , टौखेल , बडीखेल , लामाटार ,धापाखेल नागदह क्षेत्र,सानागाउँ लगायतका क्षेत्रहरु अहिले ग्राहकको रोजाइमा पर्न थालेका छन् । यी क्षेत्रको घर–जग्गा कारोबार लगनखेल मालपोत कार्यालयमार्फत हुन्छ । लगनखेल मालपोतबाट भएका किनबेचको तथ्यांकले पनि यी क्षेत्रमा घर–जग्गा किनबेच बढिरहेको देखाउँछ ।

 


क्याटेगोरी : खोज मिसन, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode