Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

सामाजिक सन्जालमा सुसाईट नोट लेखेर सहकारीका अध्यक्ष सम्पर्क विहिन


ललितपुर । ललितपुर सातदोबाटो १५ मा रहेको नयन बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष केशव दाहाल सामाजिक सन्जालमा सुसाईट नोट लेखेर सम्पर्क विहिन भएका छन । मंगलबार करिब ११ बजे सामाजिक सन्जालमा दाहालले सहकारीमा संमस्या आँउदा अन्य सन्चालकहरले असहयोग गरेको, कर्जाको भारले थेगीनक्सनु भएको र यो अवस्था सिर्जना गर्नेहरुको फोटो र नाम नै उल्लेख गरेका छन ।

यस्तै दाहालले लेखेको स्टाट्समा पैसा तिर्नुपर्न ब्यक्ती र रकम समेत लेखेका छन । दाहाल यस अघि पनि मंसिर ५ गते भक्तपुर जान्छु भन्दै सम्पर्क बिहिन भएका थिए , पछिल्ले समय थुप्रै राम्रा सहकारी सस्थाका सदस्यलाई बचत फिर्ता गर्न नसकेर थला परेका छन् ।

ति सस्थाहरुलाई कर्जा सुचना केन्द्रले कालो सूचीमा समेत राखेको छ । ठुला भनिएका सहकारी सिभिल सहकारी,देउराली बहुउदेश्यीय ,सुमेरु सहकारी, गतिशिल सहकारी ,कान्तिपूर सहकारी,ओरेन्टीयल सहकारी गौतमश्री बहुउदेश्यीय सहकारी संस्था टाट पल्टीएका छन । यी सबै सहकारी संस्थाहरुमा संचालकले रकम प्रयोग गरेर तिर्न नसक्दा समस्यामा आएका हुन् ।


क्याटेगोरी : अर्थ/सहकारी, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode