Techie IT
  • ८ माघ २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

एसीसी प्रिमियर कप : संकटबाट माथि उठेर नेपालको सानदार जित


पछिल्लो समय राम्रो लयमा रहेको नेपालले आज एसीसी प्रिमियर कपमा ओमानविरुद्ध शानदार जित हासिल गरेको छ । सुरुवात निकै खराब गरेको नेपालले ब्याटिङतर्फ मध्यक्रममा उत्कृष्ट प्रदर्शन गर्यो भने बलिङमा पनि कमजोर देखिएन । आजको खेलमा सन्दिप लामिछानले विश्व कीर्तिमान कायम गरे भने कुशल मल्ले राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भए ।

पहिलो २८ बल खेल्दासम्म नेपालले रनको खाता खोल्न नसक्दा दुई विकेट गुमाइसकेको थियो । टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गर्न आएको नेपालका ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेख दुवै जनाले रनको खाता नखोल्दै आउट भएपछि नेपालको इनिङ धर्मराएको थियो । त्यसपछि तेस्रो विकेटका लागि भिम सार्की र रोहित पौडेलले ५४ रनको साझेदारी गरेपछि नेपाल सम्हालिएको थियो । रोहित ३४ बलमा २३ रन बनाएर १८औं ओभरमा आउट भए ।

त्यसपछि भिम पनि २०औं ओभरमा आउट भए । भिमले ५६ बलमा ३३ रन योगदान गरे । आरिफ सेख र कुशल मल्ले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरे । आरिफले ४३ बलमा २९ रन बनाए ।

कुशल मल्लले ६४ बल खेल्दै ९ चौका र १० छक्का मद्दतमा १०८ रन बनाए । १९ वर्षीय कुशलले नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए । उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

कुशल ओडिआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी समेत बने । सोमपाल कामीले भने नटआउट रहेर ४८ बलमा ६३ रन जोडे । अर्का नटआउट ब्याटर करण केसीले १५ बलमा २९ रन बनाए । ओमानका सबै बलर खर्लिचा रहे । आयन खान दुई विकेट लिन सफल रहे । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल ८४ रनले विजयी भयो ।

ओमानको इनिङ धरापमा पार्ने क्रममा आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका सन्दिप लामिछानेले विश्व किर्तिमान बनाएका छन् । लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका हुन् । अफगानिस्तानका प्रख्यात बलर रासिद खानलाई पछि पार्दै उनले १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । रासिदले ४४ ओडीआईमा १०० विकेट लिएर सन् २०१८ मा विश्व कीर्तिमान बनाएका थिए । त्यसलाई तोडेर सन्दीपले ४२ ओडीआइमा सय विकेट लिएका छन् ।

ओमानका लागि मोहम्मद नदिमले बनाएको ६५ रन नै सर्वाधिक उच्च व्यक्तिगत स्कोर रह्यो । उनले ८४ बलको सामना गरेर ७ चौका तथा १ छक्का प्रहार गरे । यस्तै सन्दीप गोउडले ५६ बलमा ३ चौका तथा २ छक्काको सहयोगमा ४६ रन बनाए । नेपालका सन्दीप लामिछानेले ८ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।

करण केसीले ८.३ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले एक विकेट लिए । लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनदेखि एक कदम टाढा रहेको छ । पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो ।

यस प्रतियोगितामा १० राष्ट्र सम्मिलित छन् । १० टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । समूह ’ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । समूह ’बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल जित्ने टिम एसिया कपका लागि छनोट हुनेछ ।

हावाहुरीको वितण्डा :


शुक्रवार दिउँसो ३ बजेदेखि काठमाडौं उपत्यकाभित्रका केही स्थानमा वर्षासँगै हावाहुरी चल्यो । वर्षा नभएका स्थानमा हावाहुरी चलेको थियो । यसरी हुरी चल्दा कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र ओमनको खेल केही समय अवरुद्ध भयो । हावाहुरीले खेल रोकिएन मात्र साइट स्क्रिनमा क्षतिसमेत पुग्यो । हावाले साइड बोर्ड ढालिदिएको थियो। त्यस्तै भिआइपी बक्समा समेत क्षति पुगेको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode