मिटरब्याजी पीडितको निशानामा ज्ञानेन्द्र शाही

काठमाण्डौ । बर्दिवासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म पैदलै आएका मिटरब्याज पीडितहरुले मंगलबार काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन जाने क्रममा टंगालमा रोकिएपछि उनीहरुले त्यहाबाट फर्केर माइतिघरमा धर्ना दिएका हुन् । प्रदर्शनमा सहभागीहरुले मिटर व्याजर विरुद्ध काून निर्माण गर, झुटा मुद्धामा गिरफ्तार गरिएका पिडितलाई रिहा गर, मिटर व्याज विरुद्ध कानून निर्माण गर, सहुलियत दरमा ऋणको व्यवस्था गर, पिडितलाई न्याय दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
मिटरब्याज पीडितहरु माइतिघरमा धर्नामा बस्न सुरु गरेपछि बिभिन्न संघ संस्था तथा दलका नेताहरु ऐकवद्धता जनाउन पुगेका छन् । सो क्रममा मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको थियो । उनीहरूले शाहीलाई ‘राजावादी’ र ‘सामन्तवादी’ भन्दै विरोध गरेका हुन् ।
‘हामीलाई राजावादीको समर्थन चाहिँदैन’ भन्दै नाराबाजी भएपछि शाहीले आफ्नो भनाइ राखेका थिए । उनले आफू जनप्रतिनिधि भएको नाताले पीडितहरूको समस्या सुन्न र ऐक्यबद्धता प्रकट गर्न आएको बताए । यो राजनीतिक मुद्दा नभएकाले राजनीतिकरण नगर्न पनि उनले आग्रह गरे । तर, भिडमा रहेका केही उत्तेजक व्यक्तिहरूले झन् चर्को नाराबाजी गरेपछि शाही फर्किएका थिए । मिटरब्याज पीडितलाई भेट्न टंगाल पुगेका गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्माले, उनीहरुको माग सम्बोधनका लागि आवश्यक पहल गर्ने वचन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार हिडेका मिटरब्याज पीडितलाई, सरकारी प्रतिनिधिको नेतृत्व गर्दै टंगालमा भेटेरगृह मन्त्रालयका सहसचिव शर्माले माग सम्बोधन गर्न सरकारले प्रयास गरिरहेको आश्वासन दिएका हुन् । पीडितले प्रत्यक्ष प्रधानमन्त्रीलाई भेटाउन भनेपछि उनले प्रधानमन्त्रीसंग भेट्ने वातावरण बनाउन आफैँले पहल गर्ने बताएका छन् ।
यसैबीच मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गरेका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया