Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

एमालेले संसदमा उठायो पुरानो राष्ट्रिय गान र योगी आदित्यनाथको प्रसंग


काठमाडौं । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटमा संविधान बिपरितका गतिविधि भइरहेको आरोप लगाएको छ । मंगलबार प्रतिनिधिसभाको आकस्मीक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष सहभागीताका साथै निर्देशन र उक्साहटमा समाजमा संविधान बिपरितका गतिविधि भइरहेको आरोप लगाएका हुन् ।

मुलुकको राष्ट्रिय गानलाई समेत अवमूल्यन गर्ने लगाएतका राष्ट्रहित बिपरितका गतिविधि दण्डनीय भएकाले सरकारले गम्भीर ध्यान दिनुपर्ने र कानूनी दायरामा ल्याउनुपर्ने उल्लेख गरे । राजावादीको ¥यालीमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत पोष्टर समावेश गर्नु राष्ट्रहित बिपरितको कार्य भएको उनको भनाइ छ ।

‘पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशन र उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गान गाउने, अवमूल्यन गर्ने काम भइरहेका छन्,’ बर्तौलाले भने, ‘पूर्वराजा स्वयंले उक्साइरहेका छन् । उनको उपस्थितिमा यी कामहरू भइरहेका छन् ।’

उनले लोकतन्त्रको बिकल्प राजतन्त्र वा निरंकुशतन्त्र हुन नसक्ने भन्दै संग्रहालयमा थन्कीएको राजतन्त्रले मुलुकमा शासन चलाउने सपना देख्ने वा देख्न लगाउने काम स्वीकार्य नभएको धारणा राखे


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode