खोलाको दुषित पानीलाई स्प्रीङ वाटर भन्दै बिक्रीवितरण, उपभोक्ताको स्वाथ्यमाथि गम्भीर खेलवाड
संघको आडमा ब्यवसायीको ठगी र दादागिरी खाध्य र वाणिज्य रमिते ?

काठमान्डौ । पानी सजिव जीवन आधारका लागि महत्त्वपूर्ण कुरा हो । तर,यही पानीमा बेइमानी गर्नहरुले गर्दा अनाहकमा कतिपय उपभोक्ताहरु विभिन्न रोगको सिकार बन्नुका साथै अकालमा ज्यान समेत गुमाउनु परिरहेको छ । पानीको मुल्य, गुणस्तर,विचौलियाको विगीविगी अनि खाद्य र वाणिज्यको मौसमी कार्वहीको विषय अब नौलो विषय रहेन । पानीमा समेत ( तर ) मार्नहरुले गर्दा पछिल्लो समय पानी ब्यवसाय र ब्यवसायी माथि गम्भीर प्रश्न उब्जीरहँदा पानी भित्रै विभिन्न ब्रान्ड र प्रोसेस वाटरलाई स्प्रीङ वाटर भन्दै बिक्री गर्ने गिरोह सक्रिय बन्दै खुलेआम उपभोक्ता लुटीरहेका छन ।
बिक्रीका लागि राखिएका जार तथा बोतलमा लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका पानी बिक्री बजारमा पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिरहेका ब्यवसायीहरुले पछिल्लो समय विभिन्न ब्रान्ड र पानी प्रशोधन प्रक्रियालाई समेत झुटबोल्दै उपभोक्ताको स्वाथ्यमाथि खेलवाड गरिरहेका हुन् । प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ मा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुवानी तथा बिक्री वितरण गर्नुपर्ने कानूनी ब्यवस्था भएपनि जार तथा बोतलका पिउने पानी उत्पादन गर्ने कम्पनीहरुको लापरवार्ही यतिबेला सतहमै छताछुल्ल भएको हो । खाद्य निर्देशिका २०७४ ले निर्धारण गरेको मापदण्डमा विभिन्न प्रक्रियाबाट पानी उत्पादन गर्न सकिने प्रावधान रहेको छ ।
यही कानूनको आखाँमा पट्टी लगाईदिएका उद्योगी तथा व्यवसायीहरूले प्रोसेस गरेको पानीलाई स्प्रीङ वाटर भन्दै पानी ढुवानी तथा बिक्री वितरण गरेर उपभोक्ता ठगीरहेका छन् । अझ रोचक त के छ भने ब्यवसायीहरुको हकहितदेखि पानी ब्यवसायमा देखिएका समंस्याहरुको उठान गर्नुपर्न भन्दै संघको उच्च ओहदामा बसेकाहरुले नै यसरी ठगीधन्दा चलाउँदै उपभोक्ता स्वाथ्यमाथि नै खेलवाड गरिरहँदा खाद्य र वाणिज्य मौन बस्नुले माथिल्लो तहको सेटिङमै उपभोक्ता ठग्ने कार्य भईरहेको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउँछन् ।
खोलाको पानीलाई सामान्य प्रशोधन गरेर स्परिङ वाटरको हवला दिदै ठग्नेक्रम पछिल्लो समयमा ब्याप्त रहेको महर्जनको भनाई छ । विशेषगरि ललितपुरको लेले,बडीखेल,बुढानिलकण्ठ,मुलपानी,चन्दागिरी, ककनी लगायतका क्षेत्रमा ब्यवसाय गर्ने ब्यवसायीहरुले यसरी ठगीको सामराज्य चलाईरहेका छन् । काठमाडौं उपत्यकामा ढुवानी तथा बिक्री वितरण हुने अधिकांस पानी स्प्रीङ नभइ प्रोसेस वाटर हुन् । उपत्यकामा जमिन मुनिको पानीलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएका जार तथा बोतलका पानीलाई कतिपय उद्योगीले स्प्रीङ वाटर भन्दै बिक्री गरिरहेको तथ्य पछिल्लो समय बाहिरीए पनि नियमनकारी निकायहरु भने रमिते मात्र बनेका छन ।
नियमत पानी उत्पादन गर्दा जमिन मुनिको पानीलाई बोरिङ मार्फत तानेर आरो प्रविधिको प्रयोग गरि प्रशोधन गरेर बिक्री गरिएको जार तथा बोटलको पानी प्रोसेस वाटर हो, भने प्राकृतिक रुपमा मुलबाट पलाएको पानीलाई अल्ट्रा फिल्ट्रेसन प्रविधिबाट प्रशोधन गरेको पानी स्प्रीङ वाटर हो । तर आम उपभोक्ताको आँखामा छारो हाल्दै स्प्रीङ वाटर र विभिन्न ब्रान्डको हवला दिने कार्य संघकै जिम्मेवार ओहदामा बसेकाहरुबाट भईरहँदा समेत सरकार केवल रमिते बनेको छ ।
यता ब्यवसायीहरुको छाता संगठन नेपाल बोटल वाटर उद्योग संघ दुईधारमा विभाजित बनेको छ । सघं महासघंमा रुपान्तरण गर्ने भन्दै सघंका वरिष्ठ उपाध्यक्ष बिक्रम लिम्बु चेमजोङले २३ सदस्यीय तर्दथ समिति गठन गरेका छन् । यस्तै सघंका अध्यक्ष धुव्र गौतमले पनि छिट्टै आफ्नो समूह सहित नयाँ टिमको घोषणा गर्ने तयारी गरेको एक ब्यवसायीेले खोजमिसन न्युजलाई जानकारी दिए ।
धुव्र गौतमसँग गरेको सहमतीमा बिक्रम लिम्बु चेमजोङ र गोकुल थापाले कू गरेपछि अधिकाश पानी ब्यवसायीहरु धुव्र गौतमको पक्षमा उभिदै उनको बन्ने नयाँ टिममा जान ठुलो समूह तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।
क्याटेगोरी : अड्डामा खोज मिसन, अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया