Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

संसदमा प्रचण्ड : ओलीमाथि आरोपै आरोप


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् विघटन गर्नु कुनै गर्वको विषय नभएको बताएका छन् । एमाले अध्यक्ष ओलीले संसद्को पहिलो बैठकमै संसद् विघटन गर्न पाउने अभिव्यक्तिको जवाफ दिँदै दाहालले यस्तो जवाफ दिएका हुन् । सोमबार संसदमा विश्वासको मत माग्दै उनले गठबन्धनका घटकबीच केही राजनीतिक र वैचारिक मतभेद भए पनि न्यूनतम साझा कार्यक्रम बनाएर सहमतिको आधार तयार गरेको दाहालले बताए ।

विगतको मतभेदलाई नउठाउने समझदारी पनि गरेको तर ओलीले त्यसको पालना नगरेको दाहालको आरोप छ । संसद् विघटनलाई सर्वोच्च अदालतले पनि दुई पटक असंवैधानिक भनिसकेको उल्लेख गर्दै संवैधानिक निरूपण भइसकेको अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्रै बढाएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले यसअघि पुस २६ मा विश्वासको मत दिने क्रममा ओलीले आफ्नो कार्यकालमा विगतको दूई पटकको संसद् विघटनको बचाउ गरेका थिए । आज सम्बोधनका क्रममा ओलीलाई जवाफ दिएका दाहालले अन्य धेरै विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले एमाले नेतृत्वको गठबन्धनबाट संविधान, लोकतन्त्रको निरन्तरता र संसद्को स्थायित्व गर्ने प्रश्नमा प्रश्न चिह्न खडा गरेपछि आफूहरूले अलग बाटो राजेको बताए ।

सरकारमा रहेका बेला मन्त्रीहरूसँग कुनै विवाद नभएको भन्दै किन विश्वासको मत फिर्ता लिएको भन्ने समीक्षा गर्न एमाले र राप्रपालाई प्रधानमन्त्री दाहालले सुझाव दिए । विश्वासको मत फिर्ता लिएपनि एमाले र राप्रपाले ’आजसम्म पनि प्रधानमन्त्रीले यो गलत निर्णयले गर्दा विश्वासको मत फिर्ता लिनुपर्यो’ नभनेकोमा आफुलाई खुसी लागेको दाहालको भनाइ छ ।

दाहालले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गरौं भन्दा एमाले अध्यक्ष ओलीले नमानेको पनि बताए । विगतमा राष्ट्रपति संस्था विवादस्पद भएपछि राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने प्रस्ताव आफूले राखेको दाहालको भनाइ थियो । दाहालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय कुनै दलविशेषको सरोकारको विषयमात्र नभएको बताएका छन् । उनले यो देशले समाधान गर्नुपर्ने राष्ट्रिय मुद्दा भएको पनि बताएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode