मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौ । मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । सोमबार बसेका राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले मिडिया काउन्सिल विधेयक २०८० लाई पारित गरियोस् भनी पेश गरेको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो । त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री गुरुङले मिडिया क्षेत्रको नियमन गर्ने अधिकार मिडिया काउन्सिललाई दिने गरि कानून निर्माण गरिएको जानकारी दिए ।
बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको विधायन सम्बन्धी विधेयक २०८० सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया