Techie IT
  • ८ माघ २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

पूर्वसभामुख दमनाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि


काठमाडौं । पूर्वसभामुख दमनाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । हिजो निधन भएका ढुंगानालाइ आज अन्तिम श्रद्धान्जली व्यक्त गर्दै अन्त्येष्टि गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्व सभामुुख ढुुंगानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गरेका थिए । अन्त्येष्टि गर्नुअघि ढुुंगानालाई श्रद्धाञ्जली दिन पार्थीव शरीर राखिएको स्थान सानो गौचरण पुुगेर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले झण्डा र पुुष्पगुुच्छाबाट सम्मान गरेका हुन् । प्रधानमन्त्री ओलीले ढुुंगाना नेपालको लोकतान्त्रिक प्रणालीमा बेग्लै प्रभाव छोड्न सफल, अत्यन्त मिलनसार, मृदुुभाषी, सरल र अशल मान्छे हुुनाका साथै सबैका कुुरा सुन्ने व्यक्तित्व भएको स्मरण गरे । प्रधानमन्त्री ओलीले ढुुंगानाले देखाएको बाटोमा अघि बढ्न आफूहरु प्रतिबद्ध हुने बताए ।

श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रीगण, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरु सहभागी थिए ।

यसअघि आजै विहान बसेको मन्त्रीपरिषद् बैठकले पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । २०८१ मंसिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभा आयोजना गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ । नेपाली कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले शोकप्रस्ताव पारित गर्दै सो निर्णय गरेको हो ।

ढुंगानाको निधनको शोकमा कांग्रेसले एक सय दिने अभियान आज एक दिन रोक्ने र भोलिबाट पुनः सुरु गर्ने जनाएको छ । बैठक पछि बोल्दै महामन्त्री बिश्वप्रकाश शर्माले ढुंगाना सफल सभामुख र प्रेरक ब्यक्तित्व भएको उल्लेख गरे । महामन्त्री शर्माले संसद प्रतिपक्षको सरकार बहुमतको भन्ने मान्यतालाई ढुंगानाले स्थापित गरेको बताए ।

ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख बनेका थिए । त्यसैगरी उनी वि.सं. २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नं. २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए । उनको निधनबाट सिंगो देशले वरिष्ठ कानूनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको कांग्रेसले जनाएको छ ।

वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode