Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

एनपीएलले गर्दैछ चमत्कार, प्रत्यक्ष प्रशारण भारतीय च्यानल स्टार स्पोर्टसबाट हुने


काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो । क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् । पहिलो संस्करणको एनपिएललाई क्यानले ब्राण्डको रुपमा स्थापीत गर्न खाजेको खड्काको भनाई छ ।

पहिलो एनपिएल खेल्न विदेशी फ्रेन्चाइजहरुले खेल्न इच्छा देखाएपनि सम्भव नभएको भन्दै अर्को संस्करणमा अन्तराष्ट्रिय फ्रेन्चाइज खेलको रुपमा बिकसित हुन सक्ने क्यानको विश्वास छ । लिग खेल्न आउने विदेशी खेलाडीहरुको श्रम स्वीकृत लगाएका काममा क्यानले सहजीकरण गर्ने खड्काले जानकारी दिए । यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको छ । सिद्धार्थ बैँक टाइटल स्पोनसरको रुपमा पाँच वर्षको सम्झौता भएको छ ।

८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । नेपाल प्रिमियर लिगमा वाग्मती प्रदेशबाट २ र अन्य प्रदेशबाट १÷१ टिम बनेका छन् । पहिलो संस्करण खेल्ने टोलीहरूमा काठमाण्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् । एनपीएलमा शिखर धवन, मार्टिन गुप्टिल, रवि भोपारागायतका चर्चित विदेशी खेलाडीसमेत छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode