कमजोरीलाई आत्मसमीक्षा गर्दै अघि बढ्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पछाडी फर्काउने कसरत देखिएकाले परिवर्तनकारी शक्तिहरु सजक हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले केहिकेहिमा अहिलेको परिवर्तनबाट पछि हट्ने मनसाय देखिएको भन्दै बिगतको जस्तो संविधान मिच्ने वा संसद बिघटन गर्ने कसरतबाट सजक हुनुपर्ने बताए ।
त्यस्तै राजावादीहरुले जनतामा फैलिएको असन्तुष्टीलाई उपयोग गरेर त्यसको माध्यमबाट प्रतिगमततर्फ लैजाने प्रयास पनि सफल हुन नदिने उनले बताए । प्रचण्डले गिरिजाप्रसाद कोइरालाले मृत्युशैयामा हुँदै गर्दा आफूलाई देशको जिम्मा दिएको सधै स्मरण गर्ने धारणा राखे । उनले अहिले बाघको छालामा स्यालको रजाईं हुन खोजेको हो की भन्ने आभाष हुने गरेपनि त्यसलाई सफल हुन नदिने बताए ।
उनले माओवादीले गरेको गल्ती कमजोरीलाई आत्मसमिक्षा गर्दै अघि बढ्ने बताए । उनले सरकार छाडेकोमा कुनै चिन्ता नभएको र अहिले अझ कम्र्फट महशुस गरेको जिकिर गरे ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया