Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

विर्खेधारा दलचोकी– शंखु इकुडोल सडकको दलचोकी लोसेमा गाडी दुर्घटना !


ललितपुर । नेकपा एमाले कोन्ज्योसोम गाउँपालिका कमिटी अध्यक्ष कविन्द्र कुमार लामा, दक्षिण ललितपुर ग्रामीण विधुत सहकारी संस्था लि. का अध्यक्ष गोविन्द बजगाँई, शंखु वडा कार्यालयको वडा सदस्य राजकुमार घिमिरे र नेकपा (माओवादी केन्द्र) कोन्ज्योसोम गाउँपालिका कमिटी सदस्य राजेन्द्र संजेल सवार गाडी दुर्घटनामा परेको छ ।

हिजो शुक्रबार साँझ ५ बजेको समयमा चापागाउँबाट शंखु जाने क्रममा कोन्ज्योसोम गाँउपालिका वडा ३ दलचोकीको लोसेमा वाग्मती प्रदेश ३–०१–०२४ च ५६८८ नम्बरको गाडि दुर्घटनामा परेको हो । गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।

ब्रेक फेल भएको थाहा पाउने बित्तिकै चालक कविन्द्र कुमार लामाले गाडीलाई भित्तामा ठोक्काएर बचाउन खोज्दा पहिलो प्रयास असफल भएको थियो । दोस्रो प्रयासमा गाडीलाई सडक भित्ताको ठुलो चट्टानमा ठक्कर खुवाएर रोक्ने प्रयास गर्दा गाडी सडकमा उत्तानो परि पल्टिन पुगेको थियो छ । उक्त गाडीमा सवार सबैजना सकुशल रहेको र सामान्य स्वास्थ परिक्षण गरि घर फर्की सकेको जानकारी कबिन्द्र कुमार लामाले जानकारी दिए ।

उक्त गाडी चालकले कुसलता पुर्वक रोक्ने र बचाउने कोशिश गरेको र यदी चालक आत्तिएर होस गुमाएका भए गाडी पल्टिएको स्थान भन्दा करिव १५ मिटर अगाडिको मोडबाट गाडी भिरमा खस्ने संभावना घटनास्थलको प्रकृति हेर्दा देखिन्छ । उक्त गाडी चालक सवारी धनी कविन्द्र कुमार लामा आफैं हुन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode