क्रिकेट प्रेमीको चिन्ता,भोलि पानी पर्ला कि नपर्ला ?
काठमाडौं । नेपालले भोलि यूएईसँग लिग २ को निर्णायक र अन्तिम म्याच खेल्दैछ । त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने खेलको अघिल्लो दिन क्रिकेट प्रेमीहरुको चासो छ भोलि पानी पर्ला कि नपर्ला ? केहीदिन यता मौसम बदली भईरहेको र देशका विभिन्न स्थानमा पानी परिरहेको छ ।यदि वर्षाको कारणले भोलिको म्याच रद्द भयो भने नेपालको विश्वकप खेल्ने सपनामा ठूलो धक्का लाग्नेछ ।
नेपालले विश्वकपको क्यालिफायरमा स्थान बनाउनका लागि भोलि यूएईविरुद्ध खेल जित्नैपर्ने बाध्यता छ । देशभरका पहाडी भुभागमा आगामी तीन दिन पानी पर्ने सभ्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाकारि दिएको छ । प्रि–मनसुन सुरू भएको र स्थानीय वायुको प्रभावले आज, भोलि र पर्सि दिउँसोदेखि बादल बढ्ने र अपरान्हदेखि मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताए । काठमाडौं उपत्यकामा आज साँझ हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको भएपनि भोलि अपरान्हसम्म पानी नपर्ने आँकलन गरिएको छ ।
भोलि बिहान र दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना कम छ तर पनि दिउँसोदेखि बादल बढेर अपरान्हदेखि हल्का पानी पर्न सक्ने भएकाले ढिलागरि खेल सुरु भएमा प्रभावित हुनसक्ने आँकलन गरिएको छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया