Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

‘सहकारी ठगीमा सत्तापक्ष र विपक्षी भन्ने हेरिन्न, दायरामा परेका सबैमाथि अनुसन्धान हुन्छ’


ललितपुर । सहकारी ठगीमा संलग्न सत्तापक्ष र विपक्षका नेता नभनी अनुसन्धान हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दाबी गरेका छन् । सरकारले सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि अनुसन्धान अघि बढाउने उनको भनाइ थियो ।

लमजुङमा शनिबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले जति दबाब आए पनि अनुसन्धान नरोकिने बताएका हुन् । मन्त्री गुरुङको सचिवालयका अनुसार रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दबाब दिन सडकमा प्रदर्शन भइरहेका बेला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले अनुसन्धान नरोकिने बटमलाइन रहेको बताएका हुन् ।

सञ्चारमन्त्री गुरुङले जतिसुकै ठूलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान कसैको दबाबले नरोकिने बताएका हुन् । ‘सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानबिन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ । यही क्रममा ६ सय जनाजति अनुसन्धानको दायरामा आएर पक्राउ परेका छन् । रवि लामिछाने पनि उही क्रममा पक्राउ परेका हुन् । कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन,एमाले लमजुङले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङको भनाइ थियो ।

 


क्याटेगोरी : अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode