ललितपुर र भक्तपुरसहित १७ जिल्लामा सीडीओ फेरिए,को कहाँ ?

ललितपुर । सरकारले ललितपुर र भक्तपुरसहितका १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ । गृह मन्त्रालयले शुक्रबार ललितपुर र भक्तपुरलगायत अन्य जिल्लाका पनि सीडीओ फेरेको हो । गृहले गरेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् ।
दिनशेसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ । लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् । भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणका सरुवा गरिएको छ ।
ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने ललितपुरमा रमेश ढकाललाई सीडीओ बनाएर पठाइएको छ ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया