Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

कात्तिक १० गते माओवादीले काठमाडौंमा खबरदारी सभा गर्ने


ललितपुर । प्रमुख प्रतिपक्षी दल नेकपा  (माओवादी केन्द्र) ले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काममा ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका हुन् । उनले खबरदारीसभाको तयारीमा जुट्न पार्टीका सबै कमिटीलाई निर्देशन पनि दिएका छन् ।

विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताको खोजी, राहत, घाइतेको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले शुरू गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागिएको माओवादीको भनाइ छ ।

त्यस्तै, सामाजिक न्यायका मुद्दामा सरकारको गम्भीर ध्यानाकर्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिका पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत् प्राधिकरणलगायत सार्वजनिक संस्था, विश्वविद्यालयसहित शिक्षण संस्था र कर्मचारीतन्त्रमा गरिएको चरम राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रको दाबी छ ।

माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्तपीडितका समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुईदलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी थाल्न लागिएको माओवादी केन्द्रले जनाएको छ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode