Techie IT
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

उपभोक्ता अधिकारका गफ गोष्ठीमा सिमित,गौँडा–गौँडामा ठगिदै उपभोक्ता !


काठमाडौं। आज विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार दिवस मनाउने गरिएपनि उपभोक्ता भने आफ्नो अधिकारबाट सधै बञ्चित छन् । नेपालको संविधानको धारा ४४ मा हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ । वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीति छ । तर हरेक क्षेत्रमा उपभोक्ता ठगीमा पर्ने गरेका छन् ।

यता, उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावलीमा हरेक उपभोक्तालाई पहुँचको अधिकार, छनोटको अधिकार, सूचना र जानकारीको अधिकारलगाएत प्रत्याभूत गरिएको छ । तर, कानुनमा स्पष्ट व्यवस्था रहेको उपभोक्ता अधिकार र क्षतिपूर्तिको कार्यान्वयन पक्ष निकै नै फितलो छ । बजार, यातायात, विद्युत्, खानेपानी, बैङ्क तथा वित्तीय संस्था, खाद्यान्नलगायत वस्तु तथा सेवा लिने क्रममा उपभोक्ता माथीको ठगी बढ्दो छ । तीन तहका सरकार तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट बजारको व्यवस्थापन, अनुगमन र नियमन हुने भए पनि सक्रियता देखिदैन ।

सन् १९६२ को मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताका हित रक्षा नगरी अर्थतन्त्र बलियो हुँदैन र बजारमा उपभोक्ता सार्वभौम हुन सक्दैनन् भन्दै ‘बिल अफ राइट’ को घोषणा गरेको सम्झनामा मार्च १५ तारिखमा विश्वभर उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ । सन् २०१७ देखि संयुक्त राष्ट्र सङ्घले आफ्ना सदस्य देशलाई मार्च १३ देखि १७ तारिखसम्म विश्व उपभोक्ता अधिकार दिवस सप्ताहव्यापी रुपमा मनाउन आह्वान गर्दै आएको छ ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode