ठेकेदारको स्वार्थमा बागमती नदीको धार नै परिवर्तनगरी उत्खनन् ललितपुरको माल्टा क्षेत्र जोखिममा(भिडियो सहित )
ललितपुरको बागमती गाउँपालिका वडा नम्बर दुई स्थित ज्यामेरी बेसी र बगुवा बेसी पुन जोखीममा

ललितपुर । ठेकेदारहरुले बागमती नदीको धार नै परिवर्तन गरी अवैध उत्खनन् गरेका छन । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित फापलाङ बेसीमा सन्चालनमा रहेको गौतम ल्यान्ड कन्सट्रक्सन कम्पनीले बागमती नदीको धार नै परिवर्तन गरि अवैध उत्खनन् गरेको हो । जसका कारण ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ स्थित माल्टा क्षेत्र जोखिममा परेको छ ।
केही दिनअघि आएकोे बाढी पहिरोका कारण मानवीय एंवम भौतिक क्षतिले थिलोथिलो बनेको विपद्को मौका छोपी ठेकेदारहरुले विगत ४ दिनदेखि निरन्तर नदीको धार नै परिवर्तन गरी अवैध उत्खनन् गरेपछि बागमती गाउँपालिका वडा नम्बर २ स्थित माल्टा क्षेत्रको ज्यामेरी बेसी र बगुवा बेसी थप जोखिममा परेको स्थानियले खोजमिसन न्युजलाई जानकारी दिए ।
केही दिनअघिको विपतबाट उठ्न नसकिरहेको अवस्थामा बागमती नदीको धार नै परिवर्तन गरेर ललितपुरतर्फ खोला फर्काइ अवैध उत्खनन् गर्दा वडा नम्बर २ को वस्ती मात्रै होइन, अन्यत्र पनि जोखिम निम्तिन सक्ने खतरा छ । अवैध उत्खनन् बारे विभिन्न निकायमा जानकारी एंवम समन्वय गर्दा समेत कसैले वास्ता नगरेको वडाध्यक्ष राम बहादुर भोलुन तामाङले बताए ।
अवैध उत्खनन् नरोकिएपछि स्थानीयले प्रहरी वृत चापागाउँमा निवेदन समेत दिएका छन । यता भिमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष बिष्णु लामाले भने नदीको धार नै परिवर्तन गरेर भईरहेको उत्खनन् बारे आफुलाई कुनै जानकारी नभएको बताए । अवैध उत्खनन् भए न भएकोबारे अनुगमन गर्ने लामा बताउँछन् ।
त्यस क्षेत्रमा विगत ५ दिनदेख गौतम ल्यान्ड कन्सट्रक्सन कम्पनीले २ वटा मेसीन प्रयोग गरेर उत्खनन् गरिरहेको छ । कम्पनीले स्थानीयलाई नै प्रयोग गरेर कम्पनी सञ्चालन गरिरहेको हो ।
भिडियो तलको लिकंमा हेर्नुहोस ।
क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया