Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

बन्दीपुर गाउँपालिकाले हटाउन लागेका ६ जना कर्मचारीलाई अदालतले फर्कायो कार्यालय


तनहुँ । बन्दीपुर गाउँपालिकाले हटाएका कर्मचारीलाई हाजिर गराउन उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालत पोखराका मुख्य न्यायधिश रत्नबहादुर बागचन्दको इजालसले हटाइएका कर्मचारीलाई हाजिर गर्न नरोक्नु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

भदौ ३१ गतेको कार्यपालिका बैठकले गाउँपालिकामा कार्यरत ८ जना कर्मचारीको करार नथप्ने निर्णय गरेको थियो । करार नथप्ने निर्णय भएका चौंथो सहायक तहका ६ जना र दुई जना कार्यालय सहयोगीलाई बिना जानकारी हटाइएएको भन्दै उनीहरुले मंगलबार उच्च अदालत पोखरामा रिट दायर गरेका थिए ।

सहायक चौंथो तहमा कार्यरत काशीनाथ भट्टराई, बत्तु राना, बन्दना लामा गुरुङ, चिजा गुरुङसहित कार्यालय सहयोगी रेनुका कमर जोगी र कञ्चन भुजेलले गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ र कार्यपालिकालाई विपक्षी बनाएर रिट हालेका थिए ।

उक्त रिटमा सुनुवाई गर्दै यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? निवेदकको निवेदन माग बमोजिमको आदेश जारी भए आधार कारण एवम् प्रमाणसहित लिखितजवाफ परेपछि अन्तरिम आदेश जारी गर्ने भनिएको छ । अर्को पेशी कात्तिक ४ गतेलाई तोकिएको हो ।

उच्चले अन्तरिम छलफलमा उपस्थित हुन विपक्षीहरुलाई जानकारी दिई सो मितिसम्म विपक्षी कार्यालयबाट यी निवेदकहरुलाई हाजिर गर्ने नरोक्नु भनी विपक्षीहरुको नाउँमा अल्पकालीन अन्तरिम आदेश समेत जारी गरिदिएको छ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode