सहकारी बैंकको कीर्तिपुर शाखाको आयोजनमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न
ललितपुर। राष्ट्रिय सहकारी बैंक लिमिटेड कीर्तिपुर शाखाको आयोजनामा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम बिहीबार सम्पन्न भएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणको विषयमा सहकारी संस्थाको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सो ऐनअन्तर्गतको ‘सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन, २०७४’ ले दिएको अधिकार, सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०७३ मा भएका प्रावधानहरू, विद्यमान ऐन तथा कानुनी संरचना तथा शङ्कास्पद÷सीमा कारोबार विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरेको शाखा प्रमुख समीर मानन्धरले जानकारी दिए ।
तालिम कार्यक्रमको उद्घाटन कीर्तिपुर नगरपालिका सहकारी विभागका प्रमुख एवम् वरिष्ठ अधिकृत सुजिन्द्र महर्जनले गरेका थिए । उद्घाटन पछि मन्तव्य राख्दै महर्जनले पछिल्लो समय सहकारी संस्थाहरुले सम्पत्ति शुद्धीकरण र गोएमएलको बारे बुझ्नु पर्ने र यसलाई सहकारीमा पनि प्रयोग गर्नु पर्ने बताए।
कार्यक्रमको समापन समारोहमा बोल्दै बैंकको सञ्चालक पार्वती थापा मगरले सहकारी सदस्य केन्द्रित व्यवसाय भएकाले आफ्ना सदस्यहरूको व्यवसाय प्रवद्र्धन र विकासका लागि बैंकले वित्तीय सेवासँगै तालिम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरेको उल्लेख गर्दै यस्ता तालिमले संस्थाको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाई थियो ।
सहकारी बैंकले विगतदेखि नै सहकारी संस्थाहरुलाई सचेत गराउने उद्देश्यले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सञ्चालन गर्दै आएको बताउदै, सञ्चालक थापाले ‘जसको उपलब्धि स्वरूप सदस्य सहकारी संघ संस्थाहरुले कार्यान्वयन अधिकारी तोकेको, वित्तीय जानकारी इकाईमा विवरण पेस गर्न थालिएको, नीति तथा आन्तरिक कार्यविधि निर्माणको कार्य गर्न थालिएको छ’। त्यसैगरी तालिमका सहभागीलाई तालिमबाट सिकेका ज्ञान तथा सीप आफ्नो संस्थामा लागू गर्न आग्रह गरिन् ।
कार्यक्रमको सहजिकरण नेपाल राष्ट्र बैकका पूर्व निर्देशक श्याम कृष्ण दाहालले सहकारी क्षेत्रमा सम्पत्ति शुद्धीकरण तथा निवारणको विषयमा सहजीकरण गरेका थिए । तालिम कार्यक्रममा शाखा कार्यालय कीर्तिपुरमा कारोबार गर्ने दक्षिणकारी नगरपालिका र कीर्तिपुर नगरपालिका क्षेत्रका विभिन्न सहकारी संस्थाका ३५ जना पदाधिकारीहरुले सहभागिता जनाएका थिए ।
क्याटेगोरी : अर्थ/सहकारी, देश, प्रमुख समाचार
प्रतिक्रिया