Techie IT
  • ९ साउन २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

बैंक तथा वित्तिय संस्था ठूला व्यवसायीको कब्जामा


काठमाडौं । आखिर देशमा किन वित्तिय संकट बढिरहेको छ त रु अनि यो वित्तिय संकटको मार के साना अनि मझौँला व्यवसायीका लागि मात्रै हो रु बैंक अनि वित्तिय संस्था मालामाल हुदै जाने, ठूला व्यवसायीक घरानियाहरु झन–झन आर्थिक रुपमा सबल र बलिया हुँदै जाने अनि साना व्यवसायीहरु आत्महत्याको कठोर बाटोदेखी आन्दोलनको मौर्चामा आउनुपर्ने अवस्थाले यी प्रश्नहरु गम्भिर रुपमा उब्जाएका छन् । आफैलाई आगो लगाएर जिवन त्यागको कठोर बाटो रोजेका प्रेमप्रसाद आचार्यले खोलेका बैंक अनि ठूला व्यवसायीका अत्याचारका पोल हुन वा सहकारीका सिमित सञ्चालक र बैंकको ज्यादती अति भयो भन्दै सडकमा आउँदै गरेका अन्य व्यवसायीहरुका गुनासोमाथी सरकार अहिलेसम्म पनि गम्भिर देखिएको छैन । बैंक सञ्चालकले गर्दैआएको ज्यादती र ठूला व्यवसायीक घरानीयाहरुको स्वार्थगत चलखेलमा राष्ट्र बैंक र सरकारले ध्यान नदिदा धेरै प्रेमहरु अनाहकमा बलिदानीको बाटो रोज्नुपर्ने अवस्थामा छन् ।
आखिर किन बढिरहेको छ त नेपालमा वित्तिय अराजकता रु को को छन मतियारहरु ? 
नेपाली बैंक तथा वित्तिय संस्थाहरुको ठूलो शेयर हिस्सा माडवारी समूहले कब्जा गरेका छन्, कब्जाको यो क्रम पछिल्लो समय झनै बढ्दो छ । आफैंले बैंकमा लगानी गर्ने, त्यस्ता चलखेल चल्ने बैंकहरुबाट आफैले खोलेको व्यवसायमा कर्जा लिने अनि लुटको साम्राज्य चलाउने प्रबृति झांगिदै छ । आर्थिक क्षेत्रमा देखिएको वर्तमान परिदृश्यहरुले नेपालको अर्थतन्त्र कतै नेपालीको हातबाट फुत्किएको त छैन रु गम्भिर रुपमा प्रश्नहरु उठिरहेका छन् । सिमित ब्यापारिक समुहको कब्जामा बैंक, अनि तिनकै वरिपरि लगानी । ठुला व्यापारिक घरानले गर्ने ठुला ठुला व्यवसायमा बैंकहरुले लगानीका लागि गरेको हतारोको खेलले नेपालका ठूला बैंकहरु आफ्नो उद्देश्यबाट बिमुख भएर पैसा कमाउने व्यवसायिक स्वार्थको खेलमा लागेको आभाष दिलाएको छ ।
मारवाडी समूदाय र ठूला ब्यापारीको कब्जामा नेपाली बैंक
मर्जरबाट नेपालका बाणिज्य बैंकहरुको संख्या २१ मा आइपुग्दासम्म सीमित व्यवसायीक घरानाको कब्जाको दायरा थप फराकिलो बनेको छ । नेपालको अर्थतन्त्र संकट उन्मुख बन्नुका विभिन्न कारण मध्ये एक बैंकमा घुसेको स्वार्थगत लगानी र स्वार्थको द्धन्द पनि हो । अहिले त अवस्था यस्तो देखिदैछ को बैंकर, को व्यवसायी छुट्याउन नै गाह्रो पर्न थालेको छ । भाटभटेनी सुपरमार्केटका साहुजी मीनबहादुर गुरुङदेखि चन्द्र ढकाल, विनोद चौधरी, राजेन्द्र खेतान, रामचन्द्र संघाई जस्ता चार दर्जन व्यापारीहरु ठूला बैंकरका साथै व्यवसायीका रुपमा उदाएका छन् । नबिल बैंकका ठूला शेयरधनीमा विनोद चौधरीका छोरा निर्वाण र बरुण पनि छन् । सामाजिक सेवाअन्तर्गतको शिक्षा, स्वास्थ्य, हस्पिटालिटी, हाउजिङ जताततै लगानी गरेको चौधरी गु्रप त बैंक र बिमासमेत एउटै समूहले चलाएर स्वार्थ बाझिने काम गर्ने ब्यापारिक समूहका रुपमा बद्नाम छ ।

एनआइसी एसिया बैंकमा निरन्तरको बदनामीले भीआईपी माफियाका रुपमा चिनिने विशाल ग्रुपको ठूलो लगानी छ । यो बैंकका ठूला शेयरधनीमा रामचन्द्र संघाई, लोकमान्य गोल्छा, जगदिशप्रसाद अग्रवाल, तुलसीराम अग्रवालदेखी अरु धैरै छन् । यो समूहले आफ्नो व्यवसायमा लगानी ल्याउने स्वार्थको खेलबाटै बैंकमा हात हालेको प्रष्ट देखिन्छ । राजेन्द्र खेतान समूहको लगानी त लक्ष्मी, नेपाल बैंकदेखि हिमालयन बैंकसम्म छ । लक्ष्मी बैंकका १६ ठूला शेयरधनीमध्ये ५० प्रतिशत बढी शेयर मारवाडी व्यापारीको कब्जामा छ । लक्ष्मी कर्पको १४।६०, स्नेहा र सारिका खेतान, रतनलाल संघई, राजेन्द्रकुमार खेतान, पूजा खेतानदेखि दीपककुमार मल्होत्रासम्मको शेयर स्वामित्वसहितको चलखेल यो बैंकमा झांगिएको छ । सनराइज बैंकबाट बैंकिङ क्षेत्रमा हात हालेका मोतीलाल दुगडको लगानी अहिले कुमारीदेखि प्राइम बैंकसम्म पुगेको छ ।

सनराइजका ३१ ठूला शेयरधनीमध्ये मोतीलाल र उनका भाइ मालचन्द्र दुगडको ठूलो लगानी छ । साल्ट ट्रेडिङ कर्पोरेशनको ०।९० प्रतिशत र राष्ट्रिय बिमा संस्थानको ०।५७ प्रतिशत शेयर बाहेक सनराईजमा अधिकांश मारवाडीकै लगानी छ । एनएमबी बैंकका ठूला १६ शेयरधनी मध्ये नन्दकिशोर राठी, सुनिल कुमार गोशाली, पवनकुमार गोल्यान, सन्तोष देवी मुरारका, पुरुषोत्तमलाल संघाई, पशुपति मुरारका, सन्तोष राठी, दिनबन्धु अग्रवाल ठूला मारवाडी शेयरधनी हुन । मारवाडीको ठूलो लगानी रहेको बैंक हो सिद्धार्थ । यहाँ शशी अग्रवाल, नरेन्द्रकुमार अग्रवाल, रतनलाल केडिया, हिरालाल केडिया, सविता केडिया, चिरञ्जीवीलाल अग्रवालदेखि पवनकुमार अग्रवाल, सुरेशकुमार रुँगटा, शशीकला अग्रवालसम्मको लगानी छ ।

प्रभु बैंकका ठूला २२ शेयरधनीमध्येमा पर्नेगरि गौरव अग्रवाल घुसेका छन् । यहाँ मनोज राठीदेखि पवनकुमार अग्रवाल– शिवम सिमेन्ट, गणपति वनस्पति उद्योगसम्म शेयरधनी बनेर स्वार्थको खेती चलाइरहेका छन् । प्राइम र कुमारी बैकमा केएल दुगड समूहको संस्थापक शेयरसँगै वित्तिय चलखेलको राज चलिरहेको छ । सिभिल बैंकमा घुसेका प्रभाव गोयन्का यतिबेला मर्जरका कारण हिमालयन बैंकका लगनीकर्ता बनेका छन् । प्र्राइम बैंकमा अधिकांश नेवार समुदायको प्रभुत्व देखिएपनि अहिले सुशिल मित्तल, मनोहर दास मोरलगायतले हस्तक्षपकारि भुमिका खेल्न थाल्दैछन् । विदेशी लगानीको स्टयाण्डर्ड चार्टर्डमा नेपालीको २९।७९ शेयर स्वामित्व रहेकोमा ५ जना मारवाडी नै छन् । अहिले बैंक, बिमा हुँदै लघुवित्तसम्म मारवाडी व्यापारीको चंगुलमा पुगेको छ । यी नै व्यवसायिक घरानीयाहरुले नीति, नियम बनाउने, आफूअनुकूलको सुविधा घुसाउने र लाभको धन्दा चलाउने गर्दा राज्यबाट घोषित रूपमै सर्वसाधारणदेखी सानार मझौँला व्यवसायीहरु मारमा पारिएका छन् । सीमित समूह वा वर्ग मात्र बैंक अनि व्यवसायबाट मालामाल बन्ने बिचौलिया अर्थतन्त्रको विकासले स्वदेशमै उद्यम व्यवसाय गरेर खान खोज्नेहरु गर या मरको अवस्थामा छन् ।

अझ, बैंकबाट ४७ खर्ब ४० अर्ब कर्जा प्रवाह हुँदा आधाभन्दा बढि मारवाडी व्यापारिकै कब्जामा हुनु, नेपाली व्यवसायीलाई ऋण लिनै चुनौती सामना गर्नुपर्ने अवस्थाले राज्यलाई नै गिज्जाइरहेको छ । सिमित व्यवसायीहरुको स्वार्थको चलखेल रोक्न राष्ट्र बैंक र सरकार गम्भिर बन्न सकिरहेको छैन । बरु कानुन, निती नियम समेत भीआईपी माफियाहरुकै पक्षमा बनाइदिएर चोरलाई चौतारो सुम्पिने काम भैरहेको छ । हुनत् नेपाली अर्थतन्त्र नै आफूहरुको कब्जामा रहेको भन्दै धम्की दिने मारवाडी समूदाय र केही ठूला व्यापारीहरुलाई राज्यले चुनौति दिन सकिरहेको छैन । राष्ट्र बैंकको नियमन नै कमजोर हुनु, नीजि क्षेत्रका बैंकहरुले साना र मझौँला ऋणीमाथी गर्दैआएको अत्याचार रोक्नुको साटो अनुमोदन हुनुले ठूला उद्योगी व्यवसायीको आर्थिक चलखेलमा राष्ट्र बैंकका अधिकारीहरु समेत हिस्सेदार छन भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ । आखिर लाखौँ लाख बचतकर्ता, साना र मझौला ऋणीहरु मारेर सिमित व्यापारिहरुले कमाउने अखडाका रुपमा किन नेपाली बैंकलाई विकास गरिदै छ त ।


क्याटेगोरी : अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode