एक दशकमा अर्थतन्त्र विस्तार, संरचनागत चुनौती कायम
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको ‘आर्थिक स्थितिपत्र’ अनुसार पछिल्लो एक दशकमा नेपालको अर्थतन्त्रको आकार २६ खर्बबाट बढेर ६१ खर्ब रुपैयाँ पुगेको छ भने प्रतिव्यक्ति आय ८९९ डलरबाट १,५१७ डलर पुगेको छ।
ऊर्जा, सडक र वित्तीय क्षेत्रमा सुधार देखिए पनि औद्योगिक क्षेत्र कमजोर, आयातमा उच्च निर्भरता र व्यापार घाटा कायम रहेको छ। सार्वजनिक ऋण उल्लेख्य रूपमा बढ्दा राजस्व संकलनमा पनि वृद्धि भएको छ।
साक्षरता, स्वास्थ्य र गरिबी सूचकमा सुधार देखिए पनि समग्रमा अर्थतन्त्रमा संरचनागत सुधारको आवश्यकता अझै कायम रहेको प्रतिवेदनले देखाएको छ।
क्याटेगोरी : अर्थ/सहकारी








प्रतिक्रिया