Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

सहकारीलाई काठमाडौँ महानगरको १५ बुँदे निर्देशन


ललितपुर । सहकारी संस्थाको बचत तथा ऋण लगानी सुरक्षित गर्न काठमाडौं महानगरपालिकाले १५ बुँदे निर्देशन जारी गरेको छ ।

महानगरले आज सूचना जारी गर्दै सहकारी संचालकहरुलाई अनिवार्य रुपमा निर्देशन पालना गर्न सचेतसमेत गराएको छ ।

सहकारी संस्थालाई पुँजी कोषको दश प्रतिशतभन्दा बढी अथवा सञ्चालक समितिका ४९ प्रतिशत सदस्यलाई एकै पटक ऋण लगानी नगर्न निर्देश गरेको छ । त्यस्तै, विदेश अध्ययन वा यस्तै प्रयोजनमा बचत रकमको प्रयोग नगर्न पनि भनिएको छ । ।

सहकारी संस्थालाई नक्कली ऋणी खडा गरी लगानी नगर्न चेतावनी दिदैँ महानगरले धितो वा जमानी नराखी अथवा न्यून धितो राखी ऋण लगानी नगर्न पनि सचेत गराएको छ । संस्थाको उद्देश्य तथा कार्यक्षेत्रविपरीत लगानी र त्यस्तो अधिकार प्रबन्धक वा अन्य पदाधिकारी वा सदस्यलाई प्रत्यायोजना गर्नुनहुने महानगरद्धारा सूचनामा उल्लेख छ ।

महानगरले सहकारीको बचत सेयर किनबेचका लागि प्रयोग नगर्न, अनावश्यक कार्यमा रकम खर्च नगर्न, गैरकानूनी आयात निर्यातमा बचत रकम प्रयोग नगर्न वा सदस्यबाहेकका व्यक्तिलाई ऋण लगानी नगर्न समेत सहकारीका पदाधिकारीहरुको ध्यानाकर्षण गराएको छ ।

यता, संस्थाको बचत रकम प्रयोग गरी घरजग्गा कारोबारमा लगानी नगर्न र प्राथमिक पुँजी कोषको पन्ध्र गुणाभन्दा बढी हुने गरी बचत संकलन नगर्न पनि महानगरको निर्देशन छ ।

महानगरले एकाघरका सदस्य र एकभन्दा बढी सहकारीको सञ्चालक समितिमा नराख्न र एकै व्यक्ति वा परिवारभित्रका व्यक्ति सञ्चालक समिति र प्रबन्धकको दोहोरो जिम्मेवारीमा नबस्न समेत चेतावनी दिएको छ ।

सहकारीका सदस्य र नयाँ थपिने सदस्यहरुलाई पनि आफू संलग्न रहेको सहकारीको नियमित रुपमा अवस्था बुझ्न सुझाउँदै महानगरले उल्लिखित कार्यहरु पालना नगरेको पाइएमा जानकारी गराउन पनि अपिल गरेको छ ।


क्याटेगोरी : अर्थ/सहकारी, खोज मिसन, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode